खेलकुद

प्रधानमन्त्री कप महिला टी- २०: कर्णाली प्रदेशमाथि सुदूरपश्चिम ८१ रनले विजयी

८ पुष २०८०, आईतवार ११:२५

काठमाडौँ, ८ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ८१ रन अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको १५२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २० ओभरमा ९ विकेट गुमाउदै ७० रन मात्र बनाएपछि खेल सुदूरपश्चिम प्रदेशले ८१ रनले जितेको हो ।

यस अघि सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १५१ रन बनाएको थियो । यो सुदूरपश्चिम प्रदेशको दोस्रो जित हो । ३ खेलमा २ जित हासिल गरेको सुदूरपश्चिम ४ अंकसहित अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको भने यो लगातार तेस्रो हार हो । कर्णालीले अहिलेसम्म खेलका सबैखेल्मा हार बेहोरेर अंक तालिकामा पुछारमा रहेको छ । अब सुदूरपश्चिम प्रदेशले सोमबार बागमती प्रदेशको सामना गर्ने छ भने सोमबार नै कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्