समाज

अवैध लागू औषधसहित ६ जना पक्राउ

८ पुष २०८०, आईतवार ११:३५

काठमाडाै‌ं, ८ पुस । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । रूपन्देहीकाे रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र  नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

रूपन्देहीकै सैनामैना नगरपालिका-२ बिहानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरज विक र २४ वर्षीय सुमन गौचन रहेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे मनहरी गाउँपालिका-६ स्थित सडकमा ना.७ ख ३११७ नम्बरको बसबाट अवैध लागूऔषध गाँजा ३ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बसका चालक सल्यान सारदा नगरपालिका-८ सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सहचालक बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जन रहेका छन् । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले  ना.७ ख ३११७ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका-१८ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित सोही नगरपालिका-७ हल्दुखाल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्