खेलकुद

ब्रिटिश बिलिनियर राटक्लिफले किने म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर

९ पुष २०८०, सोमबार ०३:४०

काठमाडौँ, ८ पुस । ब्रिटिश बिलिनियर जिम राटक्लिफले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर किनेका छन् ।

जिम राटक्लिफको कम्पनिको आइएनईओस समुहले म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर १.५९ बिलियन डलरमा किनेको हो  ।

म्यानचेस्टर युनाइटेडले एक विज्ञप्ति जारी गर्दै जिम राटक्लिफले म्यानचेस्टर युनाइटेडको पूर्वाधार बनाउन थप ३०० मिलियन डलर खर्च गर्ने जानकारी दिएको छ ।

साथै म्यानचेस्टर युनाइटेडको फुटबल अप्रेसन अब जिम राटक्लिफको आइएनइओएसले संचालन गर्ने सहमति समेत भएको बताइएको छ ।

सहमतिपछि जिम राटक्लिफले क्लबको लाइफ टाइम सपोर्टरबाट क्लबको बोर्डमा पुग्ने यस अवसरले क्लबलाई कमर्सियल रुपमा सफल बनाउने र लामो समयदेखिको ट्रफी विहिनको अवस्था हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्