विश्व प्रेस

इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

९ पुष २०८०, सोमबार ०३:४७

गाजा, ९ पुस । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन ।

अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ ।

सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन ।

साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा २०, ४२४ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ

जुन युद्दमा परी हालसम्म ५४,०३६ व्यक्ति घाइते भएका छन्।

उक्त संख्यामा पछिल्लो २४ घण्टामा १६६ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्