खेलकुद

विश्व च्याम्पियनसिपमा पोखराका राजेशलाई रजत पदक

९ पुष २०८०, सोमबार ०४:३८

पोखरा ९ ,पुस । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आई.बि.पि.च्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् ।

उनी पोखरा तालचोकमा अबस्थित पावर जिम एण्ड फिट्नेशका संचालक तथा फिट्नेश प्रशिक्षक हुन् ।  उनको यस सफलताले गण्डकी प्रदेशको नै नाम रोशन भएको छ । लालबहादुर शास्त्री स्टेडीयममा ४ दिनसम्म संचालित खेलमा युरोप,अमेरिका र एशिया लगायतका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो ।

उनले मास्टर १ को ९५ के.जि.तौल समुहमा १३५ के.जि.र १४२.५ के.जि. गरि कुल २७७.५ के.जि.उठाई अन्य देशका प्रतिश्पर्धिलाई पाखा लगाई दोस्रो स्थान हासिल गर्न सफल भएको कलाकार तेज गिरीले भारतको हैदरावादबाट जानकारी दिएका छन् ।

पहिलो स्थान भने भारतका खेलाडीले जितेका छन् । राजेशले ३ बर्ष अघि भारतमा नै भएको विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा पनि पदक जित्न सफल भएका थिए । उनी विगत दुई दशक देखि बडिबिल्डिङ्ग तथा फिटनेश पेशामा सक्रिय रुपमा कार्य गर्दै आएका छन्

प्रतिक्रिया दिनुहोस्