समाज

खुल्यो अवरुद्ध वीपी राजमार्ग

९ पुष २०८०, सोमबार ०९:३६

सिन्धुली, ९ पुस । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध गरिएको सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्ग खुलेको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुईजनाको मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्दै सडक नै अवरुद्ध पारेका थिए । तर, दिउँसो १ बजेबाट अवरुद्ध सडक सञ्चालनमा आएको र कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।

बसले ठक्कर दिएलगत्तै सोमबार बिहान १० बजेबाट स्थानीयले सडक अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्