कला/मनोरञ्जन

‘जय माता दी’ भन्दै केकमा रक्सी खनाए पछि रणवीर कपुर बिरूद्द मुद्दा दर्ता

१२ पुष २०८०, बिहीबार ०४:१६

मुम्बइ, १२ पुस । एनिमल सुपर स्टार रणवीर कपुर र उनका परिवार बिरूद्द मुद्दा दर्ता भएको छ ।

क्रिसमस मनाउने भिडियो भाइरल भए पछि बलिउड अभिनेता रणवीर कपूर र उनका परिवारका सदस्यहरू विरुद्ध धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै बुधबार एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । तर, यस विषयमा एफआईआर दर्ता भएको छैन।

सञ्जय तिवारीले आफ्ना वकिल आशिष राई र पंकज मिश्रमार्फत घाटकोपर प्रहरी चौकीमा दर्ता गराएको उजुरीमा भिडियोमा अभिनेताले  ‘जय माता दी’ भन्दै केकमा रक्सी खन्याएको र आगो लगाएको दाबी गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘हिन्दू धर्ममा अन्य देवताहरूलाई पुकार्नु अघि अग्नि देवतालाई आह्वान गरिन्छ तर कपूर र उनको परिवारका सदस्यहरूले जानीजानी अर्को धर्मको चाड मनाउने क्रममा मादक पदार्थ प्रयोग गरे र ‘जय माता दी’कोण् नारा लगाए।’

जसका कारणा उजुरीकर्ताले हिन्दुहरूको धार्मिक भावनामा ठेस पुगेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्