कला/मनोरञ्जन

‘डिग्री माइला’मा चस्मिस् दयाहाङ, आउँदो हप्तादेखि अन्तिम सेड्युलको छायांकन

१२ पुष २०८०, बिहीबार ०९:०९

काठमाडाैं, १२ पुस । दोस्रो सेड्युलको सुटिङको पूर्व सन्ध्यामा निर्माण टिमले दयाहाङ राईको क्यारेक्टरर लुक्स सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा दयाहाङ चस्मिस् लुक्समा क्षितिज तिर हेरिरहेका छन् ।

पढेर पनि बेरोजगार बन्न बाध्य चरित्रको कथा पेश गर्ने फिल्मको पहिलो सेड्युल दसैँअघि छायांकन गरिएको थियो । बीचमा एक गीतको छायांकन गरेको फिल्मले दोस्रो सेड्युल भने निर्धारित मितिमा सुरु हुन सकेको थिएन ।

क्रिसमसअघि नै काठमाडौँमा केही दिन छायांकन गरेर ओखलढुंगाको रुम्जाटार हानिने तयारीमा रहेको फिल्म अबको हप्ता त्यता प्रस्थान गर्ने निर्माण टिमका एक सदस्यले जानकारी गराए ।

‘१८ वा १९ गते त्यता प्रस्थान गर्ने तयारी छ । माघ ६ गते दयाहाङ अमेरिका अर्को फिल्मको सुटिङका लागि जानु अघि हामी यो फिल्मको सुटिङ सक्नेछौँ, ’निर्माण टिमका एक सदस्यले भने ।रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा आँचल शर्माको पनि मुख्य भूमिका रहेको छ । चलचित्र नेपाली नयाँ वर्षमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्