खेलकुद

टेस्ट क्रिकेट: पाकिस्तानविरुद्ध अस्ट्रेलिया २४१ रनले अगाडि

१२ पुष २०८०, बिहीबार ०९:२७

काठमाडौं, १२ पुस । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएपछि पहिलो इनिंगमा ५४ रनको अग्रताको आधारमा २४१ रनको अग्रता बनाएको हो ।

अस्ट्रेलियाले पहिलो इनिंगमा ३१८ रन बनाएको थियो भने पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २६४ रन बनाएको थियो । अस्ट्रेलियाको दोस्रो इनिंगमा मिचेल मार्स ९६ रन बनाएर आउट भए भने स्टिभ स्मिथले ५० रन बनाए ।

त्यस्तै पाकिस्तानका शाहीन शाह अफ्रिदी र मिर हम्जाले ३-३ विकेट लिएका छन् ।

योसँगै सिरिजको दोस्रो टेस्टमा पनि अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ । तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १–० ले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्