कला/मनोरञ्जन

पल शाहको ‘मायाका रंगहरु’ शीर्षकको चलचित्रमा भोजपुरी अभिनेता कुन्दन

१३ पुष २०८०, शुक्रबार १०:२४

पोखरा, १३ पुस । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकीय फिल्म ‘मायाका रंगहरु’मा  भोजपुरी अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् ।

भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभीबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान अनि बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामा काम गरिसकेका छन् ।

फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । यो फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण टिमले जनाएको  छ ।

पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बू, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

सिनेमाका सह-निर्माता जेनिश न्यौपाने हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्म निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्