कर्णाली प्रदेश

मुगुको नेरगाउँमा मालपोत शिबिर संचालन

१५ पुष २०८०, आईतवार ०५:५९

हिमालय प्रेस –कर्णाली प्रदेश मुगु जिल्लाको जिल्ला स्थित सोरु गाउँँपालिका–५ नेर गाउँँमा पहिलो पटक मालपोत शिबिर संचालन गरि सर्बसाधारण स्थानीयबासीलाई रातो लालपूर्जा बितरण गरिएको छ । वडानं–५ वडा कार्यालयको सहकार्य तथा समन्वयमा जिल्ला मालपोत कार्यालयको ५ जनाको टोली नेर गाउँमै लगेर सर्बसाधारणलाई लालपुर्जा बितरण गरिएको छ जिल्ला बाट मालपोतको टोली ल्याएर बाट नेर गाउँँका ५० जना स्थानीयलाई जग्गाको लालपूर्जा बितरण गरिएको वडा अध्यक्ष पुथ्यीबहादुर मल्लले जानकारी गराए । वडा अध्यक्ष मल्लले भने गाउँमै रातो लालपूर्जा पाउँदा यहाँँका सर्बसाधारण महिला पुरुष खुशी भएका छन ।

नेर ताँजा गाउँँका स्थानीयलाई जग्गाको लालपूर्जा बनाउन गमगढी जानु पर्ने आउदा जादा एक दिन गमगढी बस्दा करिव ५ दिन लाग्ने पैसा धेरै खर्च हुने भएकोले सर्बसाधारणको दुःख हेरेर वडा कार्यालयले गाउँमै मालपोत टोली ल्याएर लालपूर्जा बितरण गरेको वडाअध्यक्ष मल्ल बताउछन । मालपोत टोलीलाई आतेजाते खर्च वडा कार्यालयले ब्यहोरेको अध्यक्षको भनाई छ मालपोत टोली नेर गाउँँमा पुगेर लालपूर्जा बितरण गर्दा महिला पुरुष युवा खुशी भएको जिल्ला मालपोत अधिकृत जगत रोकायाले बताए । सरकारी टोली नेर गाउँँमा पुगेर सेवाप्रबाह गर्न गाह्रो रहेछ उनले सुनाए वडाअध्यक्ष मल्लका अनुसार दुई चार बर्ष अघि नै आमा बाबुको मृत्यू भएको र छोराको नाममा जग्गा नामसारी नभएको अबस्थाका ब्यक्तिलाई मृतकको नाममा रहेको जग्गा छोराको नाममा नामसारी गरि रातो लालपूर्जा दिइएको छ । वडाअध्यक्षमा मल्ल निर्बाचित भए देखि नेर गाउँँका स्थाानीय आबश्यक परिपुर्तीका लागि धेरै भएका छन ।

डेढ बर्ष कार्यकालमा महादेब आधारभूत माध्यमिक बिद्यालयको भवन निर्माण नेर र ताजाँ गाउँमा आरसिसी बाटो निर्माण ताँँजा गाउँमा एक घर एक खानेपानीको धारा निर्माण महादेब मन्दिर घेरबार चौगान तथा भदाली खानेपानी लगायत धेरै बिकास निर्माण काम सम्पन्न गरिएको छ । पहिलेको तुलनामा अहिले नेर गाउँँमा बिकासले गति लिएको नेर ताँजा गाउँका भक्त मल्ल बताउछ । गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही पनि नेर गाउँबासी भएकोले नेरघाट बेलिब्रिज, नेरघाट देखि गाउँ सम्म सडक निर्माण लगायत प्राथमिकता राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्