Flash News

लेबनान, यमन र इरानलाई ठेगान लगाउँछौंः प्रधानमन्त्री नेतान्याहु

१५ पुष २०८०, आईतवार ११:०३

काठमाडौं । हमासविरुद्ध लडिरहेको इजरायलमाथि लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोही समूहले पनि आक्रमण गरेक छन् । पछिल्लो समय हिजबुल्लाह र हुथी विद्रोहीले लगातार इजरायलविरुद्ध आक्रमण गर्न सुरु गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान र हिजबुल्लाहलाई अन्तिम चेतावनी दिएका छन् । नेतान्याहुले उनीहरूलाई अब लेबनान र यमनलाई पाठ सिकाउने गरी आक्रमण गर्ने चेतावनी दिएका छन् ।

नेतन्याहुले गाजामा हमासविरुद्धको युद्ध महिनौंसम्म जारी रहने भन्दै हिजबुल्लाह विरुद्धको युद्ध योजनालाई पनि स्वीकृत गरिएको पनि जनाएका छन् । उनले पहिला हमासविरुद्धको कारबाही सकेपछि हिजबुल्लाहलाई ठेगान लगाउने संकेत गरेका छन् ।

इजरायली प्रधानमन्त्रीले सीमा सुरक्षाका लागि कुटनीतिक माध्यम उपयुक्त हुने भन्दै यो विकल्प असफल भए हजबुल्लाह विरुद्धको आक्रमणले यमनले कल्पना नगरेको क्षति व्यहोर्ने पनि उल्लेख गरे । लेबनान र यमनलाई इरानले उक्साएर इजरायलविरुद्ध आक्रमण गरेको निष्कर्षमा पुगेको नेतान्याहुले इरानलाई पनि ठेगान लगाउने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्