Flash News

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा

१६ पुष २०८०, सोमबार ०३:३६

काठमाडौं । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् । नयाँ वर्ष सा् २०२४को पूर्वसन्ध्यामा आइतबार भाषणको क्रममा रानी मार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन् । ८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन् । ८४ वर्षीया वृद्ध भएकी उनले अप्रत्याशित निर्णयको कारणको रूपमा आफ्नो उमेर र स्वास्थ्य समस्याहरूलाई औंल्याएकी छिन् ।

‘ अब दुई हप्ताको अवधिसम्म मात्र  म डेनमार्कको रानी हुनेछु,’ मार्गरेटले भनिन्, उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन् । उनले भनिन्, ‘मैले जो निर्णय गरेको छु, अहिले नै सही समय हो ।’

उनले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्