Flash News

सन्  २०२४मा आर्थिक सुधारको गतिलाई बलियो बनाउँछौं : चीनियाँ राष्ट्रपति सी

१६ पुष २०८०, सोमबार ०३:४१

काठमाडौं । राष्ट्रपति सी चिनफिङले चीनको अर्थतन्त्र पहिलेको तुलनामा लचिलो र गतिशील बनाउने बताएका छन् । सन् २०२४ को नयाँ वर्षको सन्देशमा सी चिनफिङले आर्थिक सुधारको गतिलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक विकास हासिल गर्न चीन प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । ‘हामीले विगत धेरै वर्षहरूमा धेरै वास्तविक उपलब्धिहरू गरेका छौं । हामीले सन् २०२३ लाई कडा परिश्रम र लगनशीलताको वर्षको रूपमा सम्झने छौँ । आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने छौं ।’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

सी जिनपिङले चीनले कोभिड–१९ लाई रोक्न ठूलो उपलब्धि हासिल गरेको पनि बताए ।  सबै चुनौतीका बाबजुद चीनको अर्थतन्त्र पहिलेको तुलनामा धेरै सुधार भएको पनि उल्लेख गरे । यसैगरी आफ्नो सरकारले चीनको आधुनिकीकरणलाई दृढतापूर्वक पछ्याउने बताए । सबै क्षेत्रमा विकासका नयाँ कोसेढुङ्गाहरू हासिल गर्न इमान्दार भएर काम गर्ने प्रतिवद्धता पनि जनाए ।

हङकङ र मकाउलाई आफ्नो विशेष शक्तिको प्रयोगमा सहयोग गरिरहने बताए । यस्तै ताइवान स्ट्रेटका दुबै छेउमा रहेका सबैलाई चीनको उद्देश्यको साझा भावनाले बाँध्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्