मुगु जिल्लामा सामुदायिक बिद्यालयमा अध्यायरत करिव ११ सय बिधार्थीलाई निशुल्क डे«स र जाडो निम्ति न्यानो पोषाक उपलबध गराइएको छ । कर्णाली सामुदायिक बिकास केन्द्रको सहजीकरण र ब्याक टु लाइफको आर्थिक सहयोगमा सोरु गाउँँपालिकाको बिजय माध्यमिक बिद्यालय कालै, आधारभुत बिद्यालय खनायाँ, सिडडी, तलिकालै, रुम, गिलाहाँ, आसिधारा र छायाँनाथ रारा नगरपालिकाको नेपाल राष्टिय माध्यमिक बिद्यालय मुर्मामा अध्यायरत करिज ११ सय बिधार्थीलाई स्कुल डे«स र जाडोको लागि न्यानो पोषाक बितरण गरिएको छ ।
हिउदे जाडोको समयमा संस्थाले बिधार्थीलाई निशुल्क स्कुल डे«स र न्यानो पोषाक उपलब्ध गराउदा खुशी लागेको बिजय माध्यमिक बिद्यालय कालैका प्रधानध्यापक बीरबहादुर बमले बताए । बिद्यालयको आन्तरिक श्रोत अभावले पोषाक खरिद गर्न नसकिएको अबस्थामा संस्थाले उपलब्ध गराउदा बिधार्थीलाई जाडो मौसममा रहात पुगेको उनको भनाई छ ।
बिधार्थीलाई स्कुल ड्रेस र न्यानो कपाडा सहित बिद्यालयमा पुस्तकालय बोर्ड कक्षा कोठा ब्याबस्थापन समेत गरि कर्णाली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक कृष्णबहादुर बोहोराले जानकारी दिए