विचित्र संसार

अत्याधिक चिसोका कारण युरोपेली देशहरू जनजीवन अस्तव्यस्त

२० पुष २०८०, शुक्रबार ०३:१३

काठमाडौं । युरोपेली देशहरूमा लगातार चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । स्वीडेनको क्विकजोक–एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको बताइएको छ ।

यो २५ वर्षमा स्वीडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो । अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्याधिक चिसो र हिम आँधीका कारण विद्यालयहरू बन्द भएका छन् भने पश्चिमी युरोपमा तीव्र हावा र भारी वर्षाका कारण आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । नर्डिक क्षेत्रमा बिहीबार लगातार तेस्रो दिन तापक्रम माइनस ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ । नर्डिक क्षेत्रमा यातायात अवरुद्ध भएको छ, धेरै पुलहरू बन्द छन् र केही रेल र फेरी सेवाहरू स्थगित गरिकएका छन् ।

डेनमार्कमा प्रहरीले सवारी चालकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । साइबेरिया र आर्कटिक क्षेत्रबाट आएको शीतलहर पश्चिमी रूसमा पनि पुगेको छ । जसका कारण तापक्रम माइनस ३० डिग्री सेन्टिग्रेडभन्दा तल झरेको छ ।

स्वीडेनमा बुधबार २५ वर्षयताकै सबैभन्दा चिसो जनवरीको रात रेकर्ड गरिएको छ । पानीका पाइप चिसोका कारण तापक्रम माइनस ३८.७ सेल्सियसभन्दा तल झरेका कारण उत्तरी ल्यापल्याण्ड क्षेत्रमा पानीको सङ्कट भएको छ ।

जसका कारण टम्पेरे सहरका जनता पानीविना बाँच्न बाध्य छन् । यो अवस्था केही दिनसम्म रहन सक्छ । बेलायत, आयरल्यान्ड, नेदरल्याण्डमा तूफान ह्याङ्क आँधीले पश्चिमी युरोपका केही भागमा ठूलो क्षति पु¥याएको छ । बेलायत, आयरल्याण्ड र नेदरल्यान्ड्स ‘हेङ्क’ आँधीको चपेटामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्