Flash News

टर्कीका भूकम्प पीडितका लागि संकलित राहत एयरलाइन्सले सित्तैमा लगिदिने

२६ माघ २०७९, बिहीबार ०३:०८

काठमाडौँ। टर्कीका भूकम्प पीडितका लागि काठमाडौँमा संकलन गरिएको राहत सामाग्री कुबेतको जजिरा र टर्कीको टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने भएका छन्।

काठमाडौँस्थित दुवै एयरलाइन्सका कार्यालयले नेपाली नागरिकहरुबाट संकलन गरिएका राहत सामग्री सित्तैमा टर्कीसम्म लगिदिने जानकारी दिएका हुन् ।

जजिराको हात्तीसारस्थित कार्यालयले नेपालको परराष्ट्र मन्त्रालयमार्फत संकलन हुने सबैखाले राहत सामग्री सित्तैमा टर्की पुर्याइदिने बताएको छ । त्यस्तै दरबारमार्गमा रहेको टर्किस एयरलाइन्सले पनि नेपालमा रहेको आफ्नो मुलुकको अवैतनिक वाणिज्य दूतावासमार्फत संकलन हुने राहत सामाग्री सित्तैमा टर्की पुर्याइदिने जनाएको छ ।

टर्किस एयरलाइन्सले सातामा ४ दिन इस्तानबुल–काठमाडौं सिधा उडान भर्दै आएको छ भने जजिराले हाल कुबेतबाट सातै दिन काठमाडौंमा उडान गर्दै आएको छ । टर्कीमा केही दिनअघि गएको शक्तिशाली भूकम्पका कारण आठ हजार बढीको मृत्यु भएको छ भने लाखौ मानिसहरु सार्वजनिक स्थलमा आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्