Flash News

म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा

२२ पुष २०८०, आईतवार २०:०२

काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सिटीले हडल्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो ।
घरेलु मैदान इथियाड स्टेडियममा सिटीका खेलाडीले ४ गोल गर्दा १ गोल उपहार पाएको थियो । जसमा फिल फोडेनले २ गोल गर्दा जुलियन अल्भारेज र जेमी डोकूले एक एक गोल गरेका थिए ।
खेल सुरु भएको ३३ औं मिनेटमा अल्भारेजको पासमा फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । ३७ औं मिनेटमा रिको लेविसको पासमा अल्भारेजले गोल गरेपछि सिटीको अग्रता दोब्बर भएको थियो । ५८ औं मिनेटमा हडल्सफिल्डबाट सिटीले उपहार गोल पायो ।

हडल्सफिल्डका वेन ज्याकसनले आफ्नै पोस्टमा गोल गरेपछि सिटी ३–० ले अघि बढ्यो । ६५ औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । ७४ औं मिनेटमा जेमी डोकूले गोल गर्दै सिटीलाई ५–० को सहज अवस्थामा लगेका थिए । त्यसपछि थप गोल नभएपछि सिटीले फराकिलो जित निकाल्दै एफ ए कपको चौथो चरणमा स्थान पक्का गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्