कोशी प्रदेश

प्रदेशलाई माघ १५ भित्र प्रहरी हस्तान्तरण हुने दाबी

२४ पुष २०८०, मंगलवार ०५:३९

विराटनगर । कोशीप्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको बताएका छन् । हस्तान्तरण हुने भएपछि त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिलातथाकानुनमन्त्रालयका कर्मचारीहरुलाई उनले निर्देशनदिएका छन् । मुख्यमन्त्रीकार्कीले प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलेप्रहरी समायोजन माघ १५ गतेभित्र गर्ने प्रतिबद्धता जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशनदिएकाहुन् ।

‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधिनिर्माण गरेर पूर्वतयारीमालाग्नुको विकल्प छैन’ उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामाप्रत्यक्ष रुपमा जोडिएको मन्त्रालयभएकाले जनतामामहशुस हुने गरी काम गर्नुहोस् ।’ बजेट कार्यान्वयनका लागि द्रूत्त गतिमा मन्त्रालयको कामअगाडि बढाउन निर्देशनदिँदै मुख्यमन्त्रीकार्कीले बजेट पूर्णरुपमाकार्यान्वयनभएजनतासम्म सरकार पुगेको महसुस हुने बताए ।

‘विपदजोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपदव्यवस्थापनको अगाडि बढाउनुहोस्,’उनले भने, ‘नक्साङनपछि हामीले त्यस क्षेत्रकानागरिकलाई विपद् आउनु पूर्व नै सूचित गर्न सकिन्छ । बस्ती व्यवस्थापन गर्न सकिन्छ ।’

मन्त्रालयकाकर्मचारीले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङकनएकीकृत गर्ने कामभइरहेको र बाँकीजिल्लाको अब चाँडै नक्साङ्कनकोकाम अगाडि बढाउने तयारी रहेको जानकारी गराएकाथिए ।

प्रतिक्रिया दिनुहोस्