राजनीनिती

भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्र्याटिक पार्टी विजयी

२५ पुष २०८०, बुधबार ०२:५३

काठमाडौं । भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्र्याटिक पार्टी विजयी भएको छ । पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्र्याटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । भुटान ब्रोडकास्टिङ सर्भिसको रिपोर्ट अनुसार, गरेको पीडीपीले ४७ नेशनल एसेम्बली सिटमध्ये ३० सिट जितेको छ । त्यस्तै प्रतिस्पर्धी भुटान टेन्ड्रेल पार्टीले १७ सिट जितेको छ ।

सन् २००८ मा परम्परागत राजतन्त्रबाट संसदीय सरकारमा परिणत भएपछि भुटानमा यो चौथो आम निर्वाचन हो । भुटानको निर्वाचन आयोगले बुधबार अन्तिम घोषणा गर्ने अपेक्षा गरिएको छ । देशले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को सट्टा ‘कुल राष्ट्रिय खुशी’ सूचकांकको प्रयोग गरे पनि चुनावी अभियानहरूले आर्थिक वृद्धि र अवसरमा केन्द्रित रहेका थिए ।

निर्वाचनमा दुवै दल ‘जनताको सुख र हित’ द्वारा आफ्नो सफलता मापन गर्ने संवैधानिक रूपमा स्थापित सरकारको दर्शनप्रति प्रतिबद्ध रहेका बताएका थिए । ५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ । वर्तमान राजाको शासन सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसदमा उनी विपक्षी नेता थिए।

प्रतिक्रिया दिनुहोस्