राजनीनिती

गाजायुद्धपछि इजरायलसँगको सम्बन्ध राम्रो बनाउछौँः साउदी राजदूत खालिद

२५ पुष २०८०, बुधबार ०३:०३

काठमाडौं । गत ७ अक्टोवरमा प्यालेस्टाइनी समूह हमासले हमलागरेछि सुरु भएको गाजायुद्ध रोकिने कुनै संकेत नभएपनि युद्ध समाप्त भएपछि समबन्ध राम्रो बनाउने साउदी अरेबियाले जनाएको छ । साउदी अरेबियाले गाजायुद्ध समाप्त भएपछि इजरायलसँग राम्रो सम्बन्ध बनाउन चाहेको साउदी राजदूत खालिद बिन बन्दर अल साउदले बताए ।

मंगलबार बीबीसीसँगको अन्तर्वार्तामा उनले अहिले दुई देशबीचको सम्बन्धमा केही तनाव रहेको तर इजरायलले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गरेपछि इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउन प्रयास गर्ने बताए । तर, प्यालेस्टाइनी राज्य निर्माणको लागि साउदी अरबको माग रहेको र त्यसमा अडिग रहेको उनको भनाई छ ।

बेलायतका लागि साउदी राजदूत अल साउदले गाजाको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट प्रतिक्रियाको अभाव रहेको बताए । साथै युद्ध अन्त्य गर्ने र स्ट्रिपमा मानवीय सहायता पठाउने प्रयासहरू अपर्याप्त रहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्