खेलकुद

मिडल्सब्रगसँग चेल्सी१–० गोल अन्तरले पराजित

२५ पुष २०८०, बुधबार ०३:१०

काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो । अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २–० को जित निकाल्दा मात्रै फाइनल पुग्छ ।

बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन । उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ । दोस्रो खेल २४ तारिखमा हुने छ । सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभपुल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्