खेलकुद

क्यानाडाका नेपालीको पहलमा क्रिकेटका सामग्री सहयोग

२५ पुष २०८०, बुधबार ०७:५४

विराटनगर । क्यानाडामा रहेका नेपालीहरुको पहलमा विराटनगरको होराइजन क्रिकेट क्लबलाई खेल सामग्री सहयोग गरिएको छ ।होराइजन क्लबलाई १ लाख ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री क्रिकेट सामग्री प्रदान गरिएको हो ।

लामो समयदेखि क्यानाडा बस्दै आएका नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इम्ब्रान अक्सरको पहलमा होइराइजन क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर–१९ वैजनाथपुरमा सुविधासम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताए ।

बैजनाथपुरमा रंगशाला निर्माणपछि विराटनगरमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्न सकिने उनले बताए ।

उक्त रंगशालामा नेपाल र भारतबीच प्रतियोगिता भएमा ठूलो संख्यामा भारतीय दर्शकसमेत आउने बताए । ‘सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको विराटनगर–१९ को रंगशाला निर्माणपछि यहाँ अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता गर्न सकिन्छ,’ उनले भने ।

कोइरालाले पछिल्लो समय क्रिकेटले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन सफल भएको उल्लेख गरे । विगतमा फुटबल बढी आकर्षण देखिँदै आएकोमा पछिल्लो समय क्रिकेटप्रति आकर्षण बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्