Flash News

र्याप ब्याटल नेपाल’ आयोजना हुने

२५ पुष २०८०, बुधबार १४:४०

काठमाडौं ।र्याप गीतको रियालिटी शो ‘र्याप व्याटल नेपाल’ आयोजना हुने भएको छ । युजिसा इन्टरनेशलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो हुन लागेको हो ।आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएका हुन् । आयोजकका अनुसार शो एपीवान टेलिभिजनबाट प्रसारणमा आउनेछ ।

युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खनालका अनुसार फेबु्रअरीबाट अडिसन शुरु हुने छ । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्याप ब्याटल नेपाल प्रसारण हुनेछ । ‘शोमा नेपाली सांगीतिक क्षेत्र र बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्,’ उनले भने ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेन्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण उक्त शोले दिने दाबी गरे । शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुडी र सिक्किममा हुनेछ । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगुडीमा माघ २९, झापामा फागुन२, इटहरीमा५, चितवनमा ९, पोखरामा १२ र काठमाडौंमा १८ र १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपालीभाषीहरुको लागि डिजिटल अडिसन गरिने जानकारी दिए ।

एपीवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्