Flash News

मुगुका चार पत्रकार पुरस्कृत

२७ पुष २०८०, शुक्रबार ०४:०९

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले चार जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ । बिहीबारबाट सुरू भएको १४ औँ नगरसभाको सन्दर्भमा नगरपालिकाले जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आएका चार जना पत्रकारहरूलाई नगदसहित पुरस्कार तथा सम्मान गरेको छ ।

नगरपालिकाले पत्रकारहरू दानबहादुर बुढा, नृपेन्द्रबहादुर मल्ल, विनोदकुमार मल्ल र जीवन सेजुवाललाई पुरस्कृत गरेको हो । उनीहरूलाई नगर प्रमुख विष्णुकुमार भामले सम्मानपत्रसहित जनही पाँच हजार रुपैयाँसहितको पुरस्कारले सम्मान गरे ।

नगर प्रमुख भामले पत्रकारिता क्षेत्रले जिल्लाको समाजलाई ऐनाकोरुपमा प्रस्तुत गर्दै आएको भन्दै प्रशंशा गरे । उनले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले समेत विभिन्न कार्यक्रम गर्दै आएको र योजनाहरू रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्