Flash News

बझाङमा फेरि भूकम्प

२८ पुष २०८०, शनिबार ०२:२८

बझाङ । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार,शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा४ दशमलव ४ म्याग्निच्युडको भूकम्पको गएको हो । भूकम्पको केन्द्र छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार परकम्पको गइरहेको छ ।

भूकम्पविद्धहरुले पश्चिम नेपालमा ठूलो शक्ति सञ्चित रहेकोले जुनसुकै बेला ठुलो भूकम्प जानसक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्