कला/मनोरञ्जन

हनुमानको सिक्वेलमा राम चरणलाई प्रस्ताव

४ माघ २०८०, बिहीबार ०२:५१

काठमाडौं । प्रशान्त बर्मा निर्देशित र तेजा सज्जा स्टारर फिल्म ‘हनुमान’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वव्यापी रुपमा एक सय करोडको आँकडा पार गरिसकेको छ । यो फिल्मका निर्माताले यसको सिक्वेल ‘जय हनुमान’को घोषणा पनि गरिसकेका छन् ।

फिल्मको सिक्वेलका लागि निर्माताले साउथ सुपरस्टार राम चरणलाई प्रस्ताव गरेका छन् । उनीहरुले राम चरणले श्रीरामको भूमिका निभाउन भन्ने चाहेका छन् । हालसम्म राम चरणले यो विषयमा आधिकारिक मुख खोलेका छैनन् । राम चरणले यसअघि सुपरहिट फिल्म ‘आरआरआर’मा रामको भूमिका निर्वाह गरेका थिए ।

फिल्म ‘हनुमान’ प्रशान्तको सिनेम्याटिक युनिभर्सको पहिलो भाग हो । निर्देशकले आगामी युनिभर्समा २० कथालाई जोडेर १२ सुपरहिरो निर्माण गर्ने तयारी गरिरहेका छन् । यो युनिभर्सको दोस्रो इन्स्टलमेन्ट ‘अधीरा’ हुनेछ । यो फिल्ममार्फत दक्षिण भारतका प्रख्यात निर्माता डीवीवी दनय्याका छोरा कल्याण डेब्यु गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्