खेलकुद

रोहितको कप्तानीमा घोषित टिममा सन्दीप पनि समावेश

२७ माघ २०७९, शुक्रबार ०२:२२

काठमाडौं। नेपाल क्रिकेट संघ ‘क्यान’ ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

बलात्कारको आरोप लागेपछि निलम्लनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि टिममा समावेश गरिएको छ । २९ कात्तिकमा धरौटीमा छुटेका उनको निलम्बन फुकुवा गरेको भन्दै क्रिकेट संघको चर्को आलोचना भएको थियो । त्यसका बाबजुद प्रशिक्षण गराएको क्यानले उनलाई टिममै समावेश गरेको छ ।

यस्तै ब्याटर सन्दिप जोरा र भिम शार्की तथा अलराउण्डर कुशल मल्ल राषट्रसक टिममा पुनरागमन गरेका छन् । युवा स्पीनर सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टिममा पर्दा आरिफ शेख र अर्जुन साउदले भने स्थान बनाउन सकेनन् । आरिफ र अर्जुन सहित प्रतिश जिसी र मौसम ढकाल रिजर्भमा छन् ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल , आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ ।

प्रतिक्रिया दिनुहोस्