Flash News

प्रधानमन्त्री कप : बगमतिको चौथो जित, शीर्ष स्थानमा उक्लियो

८ माघ २०८०, सोमबार ०९:३४

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बागमति प्रदेश विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा बागमतिले कर्णाली प्रदेशलाई ७विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले २४.२ ओभरमा सवै विकेट गुमाएर ७८ रनमात्रै बनायो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदा निश्चल रावलले १३ रन जोडे । अरु दोहोरो अंकमा रन बनाएनन् भने अतिरिक्त नै १७ रन आएको थियो ।

बागमति प्रदेशका रिजन ढकालले ५ विकेट लिँदा कृजन गुरुङले २ विकेट हातपारे । यसैगरी प्रतिशजिसी, सूर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिए ।

७९ रनको एकदमै झिनो लक्ष्य बगमति प्रदेशले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गररको थियो । इशान पाण्डेले ४० रन बनाउँदा रविन जोशीले १६ र अशोक पौडेलले ६ रन नटआउटबनाएर खेल जिताए । कप्तानतिर गौतम ८ तथा आशुतोष घिररैयाले ९ रनमा आउट भए । बगमतिले गुमाएका सबै ३ विकेट दिवान पुनले हात पारे ।

जितसँगै बागमतिले ६ खेलबाट ८ अंकबनाएर शीर्ष स्थानम उक्लिदा सुदूरपश्चिम, नेपाल पुलिस र मधेश प्रदश समान ६ अंक सहित शीर्ष चारमा रहेका छन् । कर्णाली प्रदेश भने प्रतियोगितामा २ खेलमात्रै जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्