राजनीनिती

के किम जोङ–उनले उत्तराधिकारी छानेका हुन्?

२७ माघ २०७९, शुक्रबार ०६:००

काठमाडौँ। बुधवार राति उत्तर कोरियाको राजधानी प्योङयाङमा क्षेप्यास्त्र मात्रै प्रदर्शन भएन । यो किम जोङ–उनका लागि योभन्दा पनि ठुलो अवसर थियो । यही परेडमार्फत उनले आफ्नी छोरीलाई पनि विश्वसामु ल्याए ।

उत्तर कोरियाका शासकले परेडको सलामीका लागि आफ्नो स्थान लिए, उनीसँग कालो पहिरनमा एक बालिका पनि थिइन् । धेरैले उनी किम जोङकी छोरी भएको बताइरहेका छन् र उनको नाम हो किम जु–एई । उनी १० वर्षको भएको अनुमान गरिन्छ । पछिल्लो तीन महिनामा उनी पाँचौँ पटक सार्वजनिक रूपमा देखा परेकी छिन् । यो छोटो समयमा, किम जु–एईमा धेरै परिवर्तन आए । यी परिवर्तनले यो कुरातर्फ सङ्केत दिन्छन् कि सायद उनलाई किम जोङको उत्तराधिकारीको रूपमा तयार गरिँदैछ ।

यी बालिकालाई पहिलो पटक अघिल्लो वर्ष नोभेम्बरमा एक इन्टरकन्टिनेन्टल मिसाइलको लन्चका बेला देखिएको थियो । त्यसपछि यी बालिका उत्तर कोरियाको नेता हुने त होइन भनेर गाइँगुइँ सुरु भइरहेको छ ।

तर त्यति बेला यी कुरा हल्ला मात्रै हुन् भन्ने लागेको थियो । सेतो ज्याकेट र रातो रिबन बाँधेकी उनले आफ्नो बुवाको हात समातिरहेकी थिइन् र उनी सानै देखिएकी थिइन् । सायद किम जोङ आफूलाई राम्रो पिताको रूपमा पेस गर्न चाहन्थे । वा सायद उनी यो स्पष्ट पार्न चाहन्थे कि उनी आफ्नो जङ्गी हतियार र परिवारसँग सुरक्षित छन् र कोरियामा उनको नियन्त्रण बलियो छ । तर हरेक पटक किम जु–एई, पहिलाभन्दा बढी प्रभावकारी देखिएकी छिन् ।

north korea1‘सम्मानित छोरी’ हुनुको अर्थ 

परेड अघि मङ्गलवार राति उनी उत्तर कोरियाका उच्च सैन्य अधिकारीहरूसँगको भोजमा पनि सहभागी भएकी थिइन् । उनले सेतो सर्ट र कालो स्कर्ट लगाएकी थिइन् । उत्तर कोरिया मामिलामा रुचि राख्ने जानकारका लागि यी सबै चकित पार्ने खालका थिए ।

आफ्नी आमा र बुवाको बीचमा बसेको हरेक तस्बिरमा यी बालिका आकर्षणको केन्द्र बनेकी थिइन् । अर्को रोचक कुरा यी बालिकाको वर्णनमा प्रयोग गरिएको भाषा हो ।

उत्तर कोरियाको आधिकारिक मिडियाले उनलाई किम जोङ–उनकी प्यारी छोरी भनेर सम्बोधन गर्‍यो । तर मङ्गलवार सैनिक भोजको दिन उनलाई ‘सम्मानित छोरी’ भनियो ।

उत्तर कोरियामा ‘सम्मानित’ एउटा यस्तो विश्लेषण हो जुन उच्च सम्मानित व्यक्तिहरूको नामको अगाडि राखिन्छ ।

किम जोङ–उनको नामको अगाडि पनि सम्मानित त्यति बेला लागेको थियो जब उनको नाम नेताको रूपमा पक्का भएको थियो ।

आफ्नो स्थापनादेखि नै उत्तर कोरियामा किम परिवारको तीन पुस्ताले शासन गर्दै आएको छ । त्यहाँका मानिसहरूलाई किम परिवार एक पवित्र परिवार हो र उनीहरूलाई शासन गर्ने अधिकार भएको बताइन्छ ।

किम जोङ–उनले आफ्नो परिवारको चौथो पुस्तालाई देशको लगाम सुम्पन सक्दो प्रयास गर्नेछन् ।

north korea2यति हतार किन ?

तर यति सानो उमेरमा मिस जु–एईलाई उत्तराधिकारी बनाउन किन यत्ति हतार ? देशका नेता किम जोङ–उन ३९ वर्षकी हुन् र उनकी छोरी असाध्यै सानी छिन् ।

यो कुरा सेनाका शीर्ष नेताहरूलाई पनि गोप्य रूपमा भनिएको थियो । तर यसलाई सार्वजनिक गरिएन । यो कुरा बुवाको मृत्यु हुनुभन्दा एक वर्षअघि मात्रै सार्वजनिक भएको थियो । हुनसक्छ उसले आफ्नी छोरीको बाटो सहज बनाउन खोजिरहेका छन् ताकि उनी सत्तामा आउन्जेल उनको स्थिति पहिले भन्दा बलियो होस् ।

र सायद यस कारण कि उनको स्वास्थ्य धेरै राम्रो छैन र हामीले सोचेजस्तो उनको समय त्यति धेरै छैन । यद्यपि, यी दुई कुराको पुष्टि असम्भव छ । तर अर्को एउटा कारण हुनसक्छ ।

उत्तर कोरियाको शीर्ष नेता कहिले पनि महिला थिइनन् । यद्यपि, केही उच्च पदमा भने महिला छन् जस्तै किमकी बहिनी किम यो–जोङ निकै ताजा उदाहरण हो । किम जोङले आफ्नो देशलाई एक महिला शासकका लागि तयार गर्न चाहेका पनि हुन सक्छन् ।

उत्तर कोरियाको निगरानी गर्ने एनके न्युजका विश्लेषक जेम्स फ्रेटवेल भन्छन्, ‘उत्तर कोरिया पुरुष प्रधान समाज भए तापनि यो किमको प्रभुत्व भएको समाज पनि हो ।’

उनले बीबीसीलाई भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा रगतको सम्बन्ध हो । यसले कसैलाई शीर्ष नेतृत्वको उम्मेदवार बनाउँछ । यदि उत्तराधिकारी किम परिवारभन्दा बाहिर कोही छन् भने चाहिँ अचम्म मान्नुपर्छ ।’

जनता, सेना र देशको सम्भ्रान्त वर्गले स्वीकार गरे मात्रै महिलालाई शीर्ष पदमा राख्न सकिन्छ ।

किम जु–एलाई उत्तर कोरियाको अर्को नेताको रूपमा नियुक्त गर्ने कुनै ग्यारेन्टी छैन, तर उनी जति धेरै सार्वजनिक कार्यक्रमहरूमा देखा परिरहेकी छिन् उनको सम्भावना त्यति नै बढ्दै जानेछ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्