कला/मनोरञ्जन

ओम रिजालको ‘हटारू’ माथि विमर्श कार्यक्रम सम्पन्न

२७ माघ २०७९, शुक्रबार १४:३०

काठमाडौँ। उपन्यासकार ओम रिजालद्वारा लिखित उपन्यास ‘हटारू’ माथि विमर्श गरिएको छ।

शुक्रबार राजधानिको बागबजार स्थित होटेल हार्दिकमा आयोजना गरिएको उक्त विमर्श कार्यक्रमा वरिष्ठ साहित्यकारहरूले उपन्यासको औचित्यमाथि टिप्पणी गरेका थिए।

लोकवार्ता परिषद नेपालका अध्यक्ष प्रा.डा.प्रेम खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. जगतप्रसाद उपाध्याय, त्यस्तै डा.मधुसुदन गिरी, यज्ञराज न्यौपानेलगायतले मन्तव्य राखेका थिए।

दैलेखका लेखक रिजालले चार दशक पहिलेको जनजीविका र अवस्थालाई उपन्यासमा चित्रण गरेका छन्। खासगरी कर्णाली र सुदूरपश्चिमको जनजीवन, भाषा, संस्कृति, साहित्य र परम्परालाई पुस्तकमा लिपिवद्ध गरिएको छ। लोपोन्मुख रूपमा रहेका शब्द र साहित्यलाई उक्त कृतिले जर्गेना गर्ने टिप्पणीकारहरुको भनाई छ। २०७८ चैतमा प्रकाशित कृतिमाथि समिक्षात्मक विर्मश गरिएको लेखकले रिजालले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्