Flash News

खेलाडीलाई घोषित पुरस्कार नदिनु लाजमर्दो’

२४ माघ २०८०, बुधबार ०७:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले खेलाडीहरुलाई तोकिएको पुरस्कार राशि उपलब्ध गराउन नसक्नु लाजमर्दो विषय भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बुधबार उनले खेलाडीलाई पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न सरकारलाई आग्रह गरे ।

उनले भने, ‘खेलाडीहरुमाथि यस्तो उपेक्षा र मजाक किन ? जनप्रतिनिधि र सरकारमा रहेको मन्त्री र सांसद कसैले पनि भत्ता र तलब नपाएको भन्ने छैन तर राज्यसँग पैसा छैन भनेर खेलाडीहरुलाई पुरस्कार पनि उपलब्ध गराउन नसक्नु कतिसम्म लाजमर्दो विषय हो । यस विषयमा प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग खेलाडीको खातामा घोषणा गरिएको पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सक्रियतामा एक वर्षभन्दा अगाडि राष्ट्रिय क्रिकेट टोली र  अन्डर १९ क्रिकेट टोलीका लागि पुरस्कार घोषणा गरिएको थियो । उक्र पुरस्कार अझैसम्म पनि नदिनु खेलाडीहरुको उपहास गरे बराबर भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्