समाज

कामनाका संस्थापक श्रेष्ठको स्मृतिमा रक्तदान

३ फाल्गुन २०८०, बिहीबार १२:१५

काठमाडौं । कामना न्यूज पब्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव नेपालका संस्थापक भारतलाल श्रेष्ठको सम्झनामा बिहीबार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भीमसेनस्थानस्थित कामना न्यूज पब्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको प्रांगणमा कार्यक्रम भएको हो ।

रक्तदाताहरुलाई कामना न्यूज पव्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले प्रमाणपत्र वितरण गरे ।

त्यस्तै श्रेष्ठको सम्झनामा लायन्स क्वल अफ विशालबजार र विशालबजार व्यापार संघले पनि बिहीबार नै विशालबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्