Flash News

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न

४ फाल्गुन २०८०, शुक्रबार १६:३१
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेसनबाट निर्वाचित कमिटीको आज च्यासल पाटी कार्यालय नजिक (भूतपुर्व सैनिक संगठनको कार्यालयको हल)मा सपथ ग्रहण तथा कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
भर्खरै सम्पन्न नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीका अध्यक्ष भक्त बहादुर राउतलाई निर्बाचन अधिकृत सुरेन्द्र बोगटीले र कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरुलाई कमिटीका अध्यक्ष भक्त बहादुर राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क बिशेष सम्वन्वय कमिटी सदस्य लालबाबु पण्डित, अन्य अतिथीहरुमा कल्पना थापा, निरज आचार्य, दल फडेरा, दल रावल, नेशनल शाही, छक्क ब. लामा, कर्ण मल्ल लगायतको उपथिस्थिती रहेको थियो ।
कमिटीको पहिलो बैठकले चैत्र पहिलो हप्ता सम्मा कर्णालीका १० वटै सम्पर्क मञ्चका जिल्ला सम्मेलन सम्पन्ना गरी सक्ने गरी लाग्ने महत्वपुर्ण निर्णय कमिटीले गरेको कुरा प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. राउतले हिमालय प्रेसलाई जानकारी दिनु भयो ।
उक्त कमिटीलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु हुने पाटी नेतृत्व अध्यक्ष मण्डल, निर्वाचन कमिटी, प्रदेश सम्पर्क कमिटी, इन्चार्ज, भुगोल पार्टी नेतृत्व, समन्वय कमिटीका संयोजक, सचिव, समन्वय कमिटीका सचिवालय सदस्यहरु, सदस्यहरु,  जिल्ला सम्पर्क मञ्चका इन्चार्ज, निवर्तमान अध्यक्ष, उपाध्यक्ष लगायत सदस्य सम्पूर्णलाई हार्दिक धन्यबाद प्रदान गर्दै सम्पन्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्