खेलकुद

रियल मड्रिडले पाँचौंपल्ट जित्यो क्लब विश्वकप उपाधि

२९ माघ २०७९, आईतवार ०५:५१

काठमाडौं। साउदी अरबको अल हिलाललाई ५-३ गोलअन्तरले पराजित गरी स्पेनिस महारथी रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।

मोरक्कोमा भएको फाइनलमा रियलका लागि भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले २२ तथा करिम बेन्जेमाले १ गोल गरे। अल हिलालका मोउसा मेरेगाले १ र लुसियानो भेट्टोले २ गोल गरे।

रियलले कीर्तिमान विस्तारित पाँचौँ पल्ट क्लब विश्वकपको उपाधि जितेको हो। रियलले सन् २०१४ देखि २०१८ को बीचमा चारपल्ट यो प्रतियोगिता जितेको थियो।

सन् २०२५ देखि फिफाले क्लब विश्वकपको संरचना परिवर्तन गरी विश्वकपजस्तै विश्वभरबाट टिम छनौट गरी ३२ टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको छ। हरेक चार वर्षमा आयोजना हुने सो प्रतियोगिताको पहिलो संस्करण मोरक्कोमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्