कला/मनोरञ्जन

उपाधिका लागि दीपेन्द्रशिखर र मानेभञ्ज्याङ भिड्दै

७ फाल्गुन २०८०, सोमबार ०६:१७

विराटनगर । ओएसिस महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको फाइनलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसी र इलाम, रोङको दीपेन्द्रशिखर एफसी उपाधिका लागि भिड्दैछन् ।

शनिबारको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङले सप्तरीको नमोबुद्धलाई १-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा दीपेन्द्रशिखरले झापाको बिर्तामोड युनाइटेडलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन भएको हो । प्रतियोगितामा पाँचथर एफसी, इलामको दीपेन्द्र शिखर,सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड लगायत टिमकोसहभागिता थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले एक लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्