Flash News

मुल घर नेकपा (एमाले) मै समाहित

१५ फाल्गुन २०८०, मंगलवार १५:२१

काठमाडौं, नेकपा (एकिकृत समाजबादी) केन्द्रिय लेखा परिक्षण आयोगका सदस्य देविलाल रावल, खेलकुद महासंघ समाजबादीका केन्द्रिय सदस्य प्रीति बहादुर रावल र नेपाल शिक्षक संघ जिल्ला कार्य समितीका सदस्य ऐन ब. रावल आज नेकपा (एमाले) को केन्द्रिय कार्यालय च्यासल ललितपुरमा पार्टी महासचिव शंकर पोख्रेलको हातबाट टिका र खादा लागाई पुरानै पार्टीमा समाहित भएका छन ।

उक्त पार्टी प्रबेश कार्यक्रममा हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गोरख ब. बोगटी, केन्द्रिय कमिटी सदस्य दल रावल, दल फडेरा, छक्क ब. लामा, कर्णाली प्रदेश सभा सदस्य कल ब. हमाल लगायत पार्टी कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्