Flash News

सुर्खेत र हुम्लाको बिजयी सुरुवात

१६ फाल्गुन २०८०, बुधबार ११:४२

जुम्ला, कर्णाली प्रदेश स्तरिय खेलको उद्घाटन पुर्ब सामाजिक विकाश मन्त्री माननिय टेकराज पछाईले जुम्लाको सदरमुकाम खलङ्गामा गर्नु भएको थियो । उद्घाटन सत्र लगतै सुरु भएको पहिलो खेलमा मुगु र सुर्खेत बिच भएको मा सुर्खेतले १ का बिरुद्द ४ गोलले मुगुलाई हराउदै बिजयी सुरुवात गरेको छ भने दोस्रो खेलमा हुम्ला र जाजरकोट बिच भएकोमा हुम्लाले ० का बिरुद्द २ गोलले जाजरकोटलाई हराउदै बिजय सुरुवात गरेको छ ।

बिजयी हुम्लाको तर्फबाट सागर शर्मा र सुनिल शाहीले १-१ गोल गरेका थिए ।

भोली हुने पहिलो सेमीफाइनल खेलमा सुर्खेत र जुम्ला त्यसै गरी दोस्रो सेमिफाइन खेलमा हुम्ला र कालिकोट बिच प्रतिस्पर्धा हुने भएको जानकारी फुटबल प्रशिक्षक विष्णु रावतले हिमालय प्रेसलाई जानकारी दिनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्