Flash News

रारा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित अपि हिमाल सांस्कृतिक समाज

१७ फाल्गुन २०८०, बिहीबार १५:३७

काठमाडौं। दार्चुलाको अपि हिमाल सांस्कृतिक समाज रारा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएको छ । बुधबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमामा भएको रारा राष्ट्रिय म्युजिक अवार्डद्वारा आयोजित कार्यक्रममा अपि हिमाल सांस्कृतिक समाजको टिम सम्मानित भएको हो । अपि हिमाल गाउँपालिकाबाट काठमाडौंमा बस्दै आएका करिब ३० जना महिलाहरु सहभागिता रहेको थियो । अपि हिमाल गाउँपालिकाबाट काठमाडौंमा बस्दै आएका करिब ३० जना महिलाहरु सहभागिता रहेको थियो ।

उक्त सम्मान कार्यक्रममा शब्द संगित नरेन्द्र राज रेग्मी, गायक महेश कुमार औजी र गायिका दिपा रोकायो स्वर रहेको साली भेना देउडा गितमा अपि हिमाल सांस्कृतिक समाजकी विशेष सल्लाहकार तथा गायिका दिपा रोकाय बेस्ट जुरी अवार्डबाट सम्मानित हुनु भएको थियो ।

दार्चुला जिल्लाको अपि हिमाल गाउपालिकाबाट राजधानी काडमाडौं आई यसरी आफ्नो कला सास्कृतीलाई पहिलो चोटी प्रस्तुत गर्ने मौका पाएकोमा खुशी लागेको, मौलिक सांस्कृतिक पहिचान र सांस्कृति लोप हुदै गरेको अवस्थामा दार्चुलाको अपि हिमाल गाउँपालिकाका महिलाहरुले यसरी आफ्नो मौलिक संस्कृति बचाउन खेलेको भूमिका निक्कै प्रशंसनीय र उदाहरणिय रहेको अपि हिमाल सांस्कृतिक समाजका सल्लाहकार दिपा रोकायाले हिमालय प्रेसलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्