Flash News

एमाले मुगु-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बराल

२७ फाल्गुन २०८०, आईतवार ०८:२१
काठमाडौं । नेकपा (एमाले) मुगु-काठमाडौं सम्पर्क मञ्चको १०औ जिल्ला सम्मेलन नेकपा (एमाले)का केन्द्रीय सचिव तथा पुर्व मन्त्री छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा र पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री मोहन बानियाँ, कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त सम्मेलन उदघाटन सत्रमा अतिथीहरुमा नेकपा (एमाले)  सप्पर्क समन्वय कमिटीका नेताहरु श्यामकुमार बस्नेत, थानेश्वर वस्याल, इन्द्र भण्डारी, भक्त रावत, विष्णु निष्चल, गिता बराल, चित्र हमाल, नेताहरु राजु कार्की, गोपाल बम, डिल्ली भट, देविलाल रावल, प्रबल कुमार चौलागाई, प्रेम कार्की, प्रविण खडका, खेमराज मल्ल, पागेन लामा, सविता शाही लगायतको आतिथ्यमा र मुगुबाट बिभिन्न पेशा ब्यवसायमा काठमाडौं बासोबास गर्ने मुगु बासीको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्ना भएको थियो ।
सम्मेलनको बन्द सत्रले अध्यक्षमा सर्जन बराल, उपाध्यक्षमा रण ब. शाही, सचिवमा विरेन्द्र बुढा, उप सचिवमा आकाश भाम, कोषाध्यक्षमा मुनराज चौलागाई लगायत २५ सदसिय मुगु-काठमाडौं सम्पर्क मञ्च सर्बसम्मत रुपमा निर्बाचित गरेको छ ।
सम्मेलनको उद्घाटन सत्रमा देउडा गायक धर्मराज न्यौपाने र गायिक दिपा रोकायाको सांगितिक प्रस्तुतीले मनोरञ्जन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्