Flash News

एमाले हुम्लाद्वारा दशौं जिल्ला अधिबेशनको लोगो सार्बजनिक

१५ चैत्र २०८०, बिहीबार १३:५३

सिमकोट । नेकपा (एमाले) जिल्ला कमिटि हुम्लाले आफ्नो यही चैत्र २८ देखी २९ सम्मा सदरमुकाम सिमकोटमा आयोजना हुने दशौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

शंसारका निकै थोरै क्षेत्रमा मात्रै पाइने वन चौरी हुम्लाको लिमी उपत्याकामा मात्रै पाईने भएपनि लोपउन्मुख जंगली जनावरको सूचिमा रहेको वन चौरीको संरक्षणमा जोड दिन सम्बन्धित निकायको ध्यान केन्द्रीत हा्स भन्दै एमाले हुम्लाले आफ्नो दशौं जिल्ला अधिवशेनको लोगोको प्रतिक बनाएको अधिवेशन आयोजक किमिटका संयोजक डबल रावतले जानकारी दिए ।

पार्टी कार्यालय भएको मनमोहन स्मृती भवनमा आयोजित जिल्ला अधिवेशनको लोगो सार्वजनिक कार्यक्रमलाई संवोधन गर्दै संयोजक रावतले नेपालकै सदरमुकाम सिमकोटको सुन्दर दृश्य, लोपोन्मुख हुम्लामा पाइने चौरी, सुन्दर हिमाल र उदाउँदो सूर्य चिन्ह अंकित रहेकोलाई समेटेर अधिवेशनको लोगो तयार पारिएको हो ।

‘पार्टी जिल्लाको निर्वतमान पदाधिकारीहरुको बैठकले पार्टीका कर्णाली प्रदेश कमिटीका सदस्य नवराज महतारा, कर्णाली  प्रदेश सम्पर्क कमिटीका उप-सचिव बिरजन महातारा र कर्णाली अञ्चल सम्पर्क कमिटीका पुर्व सचिव देविलाल रावलले परिकल्पना गरेर निकर्माण गरेको दशौं जिल्ला अधिवेशनको लोगोेलाई पारित गर्ने निर्णय गरेपछि हामीले औपचारिक रुपमा सार्वजनिक गरेका हौं

१६ गते एकै दिन प्रतिनिधि छनोट
नेकपा (एमाले) हुम्लाले जिल्ला अधिवेशनका लागि ४४ वटै वडामा एकै दिन प्रतिनिधि छनोट गर्ने भएको छ ।

४ हजार ६ सय ६३ पार्टी सदस्यता रहेको एमाले हुम्लाले वडा कमिटीलाई प्रतिनिधि छनोटको क्षेत्र तोक्दै चैत १६ गते शुक्रबार एकै साथ प्रतिनिधि छनोट गर्ने सबै तयारी गरेको छ ।

‘दशौं जिल्ला अधिवेशनका लागि ४४ वटा वडा मध्ये ४३ वडाबाट एक सय ५७ जना प्रतिनिधिको सभागिता हुने गरी प्रतिनिधि छनोटको काममा सबै वडा कमिटीले अन्तिम तयारी गरिरहनु भएको छ’ । कार्यक्रममा पार्टी सचिव बोहराले भने, जिल्ला कमिटिले तय गरेको मापदण्ड अनुसार महिला ४२ जना, पुरुष ९२ जना, दलित २१ जना प्रतिनिधिहरु वडाबाट छनोट भएर आउनु हुनेछ । त्यसमा १५ प्रतिशत ४० वर्ष मुनिका यूवाहरु प्रतिनिधिका रुपमा छनोट हुनु हुनेछ ।’

नवौं जिल्ला अधिवेशनबाट निर्वाचित ९८ सदस्यीय आयोजक कमिटि र वडाबाट निर्वाचित प्रतिनिधि गरेरे दशौं जिल्ला अधिवेशनका लागि २ सय ७६ जना प्रतिनिधि रहने छन् । एमाले हुम्लाले जनवर्गिय संगठनको हकमा २२ जनाको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ ।

गएको फागुन २८ गते चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा बसेको नवौं जिल्ला कमिटी बैठकले दशौं अधिवेशनको मिती, स्थान तय गर्दै चैत १६ गते ४४ वटा वडामा प्रतिनिधि छनोट लगायतका निर्णय गरेको थियो ।

अधिवेशन प्रतिनिधिका लागि दलित पार्टी सदस्यका हकमा २५ जना बराबर एक जना र अन्यको हकमा ३० जना पार्टी सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने निर्णय गरेको कार्यबाहक अध्यक्ष रावतले बताए । सबै प्रतिनिधिमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । जिल्लामा भएका जनसंगठनहरु मध्ये जिल्ला अधिवेशन सम्पन्न भएका जनसङ्गठनहरुलाई २ जना र अधिवेशन सम्पन्न नभएकाको हकमा १ जना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ ।

कावा अध्यक्ष डबल रावतको अध्यक्षतामा १ सय ५१ सदस्यीय अधिवेशन मूल आयोजक कमिटी गठन गरेको हुम्लाले अमरबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कमिटी, डबल रावतको संयोजकत्वमा पाँच सदस्यीय सांगठनिक तथा राजनितीक प्रतिवेदन लेखन उप–समिति र प्रतिनिधि व्यवस्थापन उपसमिति, सचिव तीर्थराज बोहराको संयोजकत्वमा ६ सदस्यीय प्रचार प्रसार उप–समिति, उप-सचिव चन्द्र प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति, बिमला शाहीको संयोजकत्वमा पाँच सदस्यीय अथिति सत्कार उप–समिति, छक्क रोकायाको संयोजकत्वमा ६ सदस्यीय मञ्च व्यवस्थापन उप-समिति, प्रकाश बहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय सामाजिक तथा सांस्कृतिक उप–समिति, बुध भण्डारीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उप–समिति, गोरासिंह बोहराको संयोजकत्वमा ७ सदस्यीय आवास तथा खाद्यान्न व्यवस्थापन उप–समिति, गोकुल बुढाको संयोजकत्वमा ३ सदस्यीय यातायात व्यवस्थापनउप–समिति र केन्द्रराज शाहीको संयोजकत्वमा ६ सदस्यीय स्वयम सेवक परिचालन उप–समिति गठन भएको कार्यबाहक अधयक्ष रावतले हिमालय प्रेसलाई जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्