Flash News

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्‍न

१ फाल्गुन २०७९, सोमबार १०:२२

काठमाडौं। नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक सकिएको छ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडेलबीचको बैठक सकिएको हो। होटल याक एन्ड यती होटलमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो।

आधा घण्टासम्म चलेको छलफलमा के के विषयमा कुराकानी भयो भन्ने विषय अहिले सार्वजनिक गरिएको छैन। परराष्ट्र मन्त्रालयका सचिव पौडेलको निमन्त्रणमा विदेश सचिव क्वात्रा दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

संयन्त्रको बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायतका विषयमा छलफल गर्ने तय भएको थियो। ती विषयमा के कस्तो छलफल भयो भन्ने बाहिर आइसकेको छैन।

संयन्त्रको बैठकपछि विदेश सचिव परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्। दुई परराष्ट्र सचिवको बैठकमा नेपाल–भारत सम्बन्धका कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहयोग, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनताबीचको सम्बन्धलगायतका विषयमा समीक्षा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्