Flash News

सत्ता गठबन्धन मात्र फेकिएको होइन, देशको समृद्दीको रेखा कोर्ने बामपन्थी एकता बनेको हो-बोगटी

२९ चैत्र २०८०, बिहीबार १४:३७

सिमकोट ।  बताउनुभयो । नेकपा (एमाले) हुम्लाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सुर्खेत जिल्ला इन्चार्ज समेत रहनु भएका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले नेकपा (एमाले)ले समृद्दीका लागि अघि सारेको मार्गमा अहिले नेपाल हिडेको बताउनु भएको हो ।

‘देशको सत्ता गठबन्धन मात्र फेकिएको होइन, देशको समृद्दीको रेखा कोर्ने बामपन्थीहरुको बाहुल्यता रहेका शक्तिहरु सरकारमा सहभागि रहेका कारण वर्तमान सत्ता गठबन्धनका कुपमा समेत अघि बढेको हो ‘ उहॅाले भन्नुभयो ।

‘जनताको हितमा लाग्ने, देशको विकासको भरपर्दो नीति र योजना भएको पार्टीको नाम नेकपा (एमाले) हो’ उहॅाले थप्नुभयो, ‘राम्रो काम गरेको डाहाले सर्वच्चको ढोकामा बसेर मतले स्थापीत एमाले नेतृत्व सरकारलाई परमाधेशले बिस्थापित गक्ने काम गरेको उल्लेख गरेका नेता बोगटीले फेरि २०७९ मंसिर ४ को निर्वाचनमा सबै एक ठाउॅमा उभिंदा पनि एमाले बलियो शक्तिका रुपमा स्थापित भएको छ ।’

नेकपा (एमाले) का जिल्ला ईन्चार्ज नागेन्द्र शाही नेशनलले एमाले आमा र वुवाको प्यारो पार्टी भएपनि छोराछोरीहरुका कारण पहिलो पार्टी बन्न नसकेको दावी गर्नुभयो ।

‘हुम्लाबाट पटक-पटक निर्वाचित भएका सांसदहरुको जीवनशैली अनपेक्षित रुपमा परिवर्तन भयो तर हुम्लीहरुको अवस्था जहॅाको तहिं छ’ उहॅाले थप्नुभयो हुम्लाको समृद्दी र सर्वोपरी विकासको नेतृत्व एमाले वाहेक अन्य पार्टीको विकल्प हुनसक्दैन ।’

एमाले हुम्लाका कार्यबहाक अध्यक्ष डबल रावतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा प्रदेश कमिटी सदस्य रुपा शाही, नवराज महतारा, मंगल लामा, जनवर्गीय संगठनका तर्फबाट अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष मन्जु रावललगायतका नेताहरुले संवोधन गर्नु भएको छ ।
नयॅा नेतृत्व छनोट गर्न जिल्लाका ४४ वटै वडाबाट २८९ अधिवेशन प्रतिनिधि जिल्ला सदरमुकाम सिमकोटमा जम्मा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्