Flash News

भारतीय विदेश सचिवको भेटघाट जारी

२ फाल्गुन २०७९, मंगलवार ०२:४६

काठमाडौँ। नेपाल–भारत सचिव स्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आज पनि आफ्नो भेटघाटलाई जारी राख्ने भएका छन् ।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

हिजो सचिव स्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री विमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्