Flash News

एमाले हुम्लामा ग्यामी बुमीको प्यानल बिजयी

३ बैशाख २०८१, सोमबार ०५:४१

हुम्ला । नेकपा  (एमाले) जिल्ला कमिटी हुम्लाको दशौ जिल्ला अधिबेशनमा केन्द्रिय कमिटी सदस्य दल रावल, छक्क बहादुर लामा र प्रदेश सभासद माननिय कल बहादुर हमालले सहयोग र समर्थन गरेको ग्यामी बुमीको नेतृत्वको टिम बिजयी भएको छ ।

नेतृत्व बर्गले गरेको सर्बसम्मतीको प्रयाश असफल भए पछी आइतबार साझ ५ बजे दुई प्यानल खडा भई निर्बाचनको मैदानमा उत्रिएका थिए । राती भएको मतगणनामा अध्यक्षका प्रत्यासी ग्यामी बुमीले १२९ मत प्राप्त गरी बिजयी हुनु भइको छ भने  प्रतिद्वन्दी डबल रावतले १२४ मत प्राप्त गर्नु भएको छ, अध्यक्ष बुमीकै प्यानलका उपाध्यक्ष प्रकाश शाहीले सबै भन्दा लोकप्रिय मत १६२ मत प्राप्त गरी बिजय हुनु भएको छ भने उपाध्यक्षका प्रतिद्वन्दी उब्जन मल्लले ८० मत प्राप्त गर्नु भएको छ, सचिवमा तिर्थराज बोहोराले १२९ मत प्राप्त गरी बिजय हुनु भएको छ भने सचिवका प्रतिद्वन्दी गोकुल बुढाले १०३ मत प्राप्त गर्नु भएको छ, उप सचिवमा प्रदिप लामाले १३३ मत प्राप्त गरी बिजय हुनु भएको छ भने उप सचिवका प्रतिद्वन्दी बुधे भण्डारीले १०१ मत प्राप्त गर्नु भएको छ र महिला उप सचिवमा मन्जु रावलले १३४ मत प्राप्त गरेर बिजयी हुनु भएको छ भने उप सचिवका प्रतिद्वन्दी बिमला कुमारी शाहीले ९५ मत प्राप्त गर्नु भएको छ।

जिल्लाको नेतृत्व चयनका बिषयमा केन्द्रिय कमिटी सदस्य दल रावल र छक्क ब. लामाको एक टिम र स्थायी कमिटी सदस्य गोरख ब. बोगटी र केन्द्रिय कमिटी सदस्य दल फडेरा, केन्द्रिय कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज नगेन्द्र शाही (नेशनल)को एक टिम भएर निर्बाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्