Flash News

रारा पर्यटकको आकर्षण केन्द्र बन्दै

५ बैशाख २०८१, बुधबार ०८:३४

मुगु । कर्णाली प्रदेशको पर्यटकिय गन्तब्यमा मुगु जिल्लाको रारा उत्कृष्टनै चिनिने गरेको छ । रारा घुमफिर गर्न आएका पर्यटकहरु रमाएरै दिन बिताउने गरेका छन । पछिल्लो समयमा रारा घुम्ने आन्तरिक तथा बाहय पर्यटकको चाप बृद्धि भएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले बताए नेपालका बिभिन्न शहर देखि छिमेकी मुलुक भारत, बेलायत जापन, चीनबाट पर्यटकहरु रारा घुम्न आउने गरेका छन । प्राकृतिक सुन्दरताले गर्दा घुम्न आएका पर्यटकहरु असाध्यै रारा प्रति मोहित हुने गरेका छन ।

रारा पुग्ने पर्यटक दुई चार दिन सम्म रारामा घुमफिर गरि आफनो गन्तब्य तर्फ लाग्ने गरेका छन । यो बर्ष गत साउन देखि फागुन मसान्त सम्म ७ हजार आन्तरिक र १ सय ४५ बिदेशी ९५ जना सार्क मुलुका पर्यटकले रारा भ्रमण गरि सकेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी जयहरि धितालले जनाएको छन । रारा घुम्न आएका पर्यटकहरु बिशेष गरेर घोडा चढेर रमाउने गरेका छन । रारामा पर्यटक घुमाउने करिव २ सय ५० वटा स्थानीय घोडा तैनाथ छन । पर्यटकहरु घोडा चढेर मुर्माटप, मिलिचौर, माझघट्ट सम्म पुग्ने गरेका छन । मुर्मा, पिना, झयारी, टोप्ला लगायत गाउका स्थानीयले घोडाहरु रारामा ल्याएर पर्यटक घुमाएर पैसा कमाउन थालेका छन । नेपालकै उत्कृष्ट गन्तब्य रारा हेर्न आउने पर्यटकको लागि हवाई र कर्णाली राजमार्ग गरि दुई वटा मार्ग रहेका छन ।

नेपालगन्ज देखि हवाई मार्ग रारा एयरपोट सम्म पुग्न ३५ मिनेट र एयरपोटबाट रारा तालको किनार सम्म पुग्न गाडीबाट आघा घण्टा र पैदल हिडेर जादा दुई घण्टा समय लाग्ने गरेको छ । अर्कोतिर काठमाडौ नेपालगन्ज लगायत अन्य तराईमुलका शहरबाट गाडी, जिप, मोटर साईकलबाट पनि रारा पुग्न सकिन्छ । गाडी, मोटर साइलबाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला नाग्मा सिजा हुदै रारा पुग्न करिव तीन दिन लाग्ने गरेको छ । शहरी क्षेत्रबाट मोटर साइकल चढेर पनि पर्यटक रारा पुग्ने गरेका छन । बीच बाटोमा होटलको राम्रो ब्यबस्था भएको कर्णाली राजमार्गमा भएर आउने पर्यटकको लागि खान, बास बस्न समस्या खेप्नु पर्ने अबस्था छैन । अर्को कैलाली, अछाम, बाजुरा जिल्लाको कोल्टी हुदै मुगुको सुकाढिकबाट रारा पुग्न सकिने पैदल मार्ग छ । त्यस मार्ग भएर रारा आउन पनि ७ दिन समय लाग्ने गरेको छ । अर्कोतिर सुदुरपश्चिमबाट पनि पैदल मार्गबाट रारा पुग्ने पैदल मार्ग छ साफेबगर, बाजुरा मातडी परेखे लेक हुदै बाजुरा कोल्टीबाट मुगुको खत्याड गाउपालिका भएर रारा पुग्न करिव एक साता लाग्ने गरेको छ ।

रारा घुम्न आउने पर्यटकलाई बिशेष गरि भिलेज हेरिटेज रिर्सोट प्रा.ली.ले स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो मार्सि धानको भात, मास तथा सिमिको दाल, आलुको तरकारी, मह, कोदो गहुको रोटी र फापरको बिभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताको रुपमा दिने गरेको छ । मुगु जिल्लाको रारा ताल समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ । रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका असला माछा, २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्टिय निकुन्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्