Flash News

बीबीसीको दिल्ली र मुम्बई अफिसमा आयकर विभागको छापा

२ फाल्गुन २०७९, मंगलवार ०८:०३

काठमाडौँ। मिडिया संस्था बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभाग पुगेको बताइएको छ। जानकारीका अनुसार छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको छ।

आजतकले स्रोतलाई उद्धृत गर्दै सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको जानकारी दिएको छ। लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारीको कारवाहीको जानकारी दिइएको पनि बताइएका छ।

यता आयकर विभागको स्रोतले यो आयकर विभागको समूहको सर्वेक्षण भएको बताएका छ। यद्यपि, हालसम्म आयकर विभागको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन। एजेन्सी

प्रतिक्रिया दिनुहोस्