कला/मनोरञ्जन

१५ बैशाख २०८१, शनिबार १०:११

काठमाडौँ । गायक सिडी विजय अधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आँफुलाई भन्दा बढी माया गरेकी पत्नीले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ ।

त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन् ।  गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुन् ।

गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन् ।

प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला  र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् ।

सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ  दिनशन शाहले गरेका हुन् । भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्