Flash News

सावित्रा चम्कँदा भारतसँग नेपालको बराबरी

३ फाल्गुन २०७९, बुधबार १६:२०

काठमाडौँ। सावित्रा भण्डारीले दुई गोल गर्दा नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पुनरागमन गर्दै बराबरी खेलेको छ ।

बुधबार भएको खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा २–० गोलले पछि परेको समयमा नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गर्दै बराबरीमा रोकेकी हुन् ।

भारतका लागि सोउमाया गुगुलोथ र इन्दुमती काथिरेसानले एक–एक गोल गरिन् ।

नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गरिन् । खेलको ५६औं मिनेटमा मनिसाको पासमा गुगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ६८औं मिनेटमा कप्तान इन्दुमतीले गोल गर्दै टिमलाई २–० अग्रतासँगै जित नजिक लिइन् ।

नेपलका लागि खेलको ९०औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी मार्फत गोल गरेपनि भारतले २–१ गोलको जित निकाल्यो ।

खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–२ गोलको बराबरीमा रोकेको हो ।

नेपालले साफ च्याम्पियनसिप फुटबल पछि पहिलो पटक भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफमा नेपालले दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा भारतलाई १–० गोल अन्तरले हराएको थियो ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्