कला/मनोरञ्जन

विजय र निरूको अभिनयमा ‘पछ्यौरी सल्को’ बजारमा

४ फाल्गुन २०७९, बिहीबार ०२:३९

काठमाडौँ। लोक दोहोरी गायक खुमन र कल्पना बिसीको आवाजमा ‘पछ्यौरी सल्को’ बोल गीत बजारमा आएको छ।

पदम बिसीको शब्द रचना रहेको गीतको संगीत लोक दोहोरी गायक खुमनले तयार पारेका हुन्। गीतको म्युजिक भिडियो नरेन्द्र धामीले निर्देशन गरेका छन् भने कोरियोग्राफी विजय केसीको रहेको छ।

विजय र निरू मगरले गीतको म्युजिक भिडियोमा नृत्य गरेका छन्। सरोज शाहीले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन्। निराजन केसीले गीतको म्युजिक भिडियो सम्पादन गरेका छन्। गीतमा माया प्रेमलाई केन्द्र भागमा राखेर प्रस्तुत गरिएको निर्माण टिमको भनाई छ।

प्रतिक्रिया दिनुहोस्